महिला स्वास्थ्य Event Date: 2083/04/16

बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण

Full Description

बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को विशेष आयोजनामा निःशुल्क स्तन तथा पाठेघर (Breast and Cervical Cancer) क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा करिब ३०० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। बुढानीलकण्ठ क्षेत्रमा यति ठूलो संख्यामा महिलाको स्तन तथा पाठेघर क्यान्सरको प्रारम्भिक परीक्षण गरिएको यो पहिलो ऐतिहासिक कार्यक्रम हो।

परीक्षणका क्रममा १९ जना महिलामा थप परीक्षण आवश्यक पर्ने शङ्कास्पद अवस्था देखिएको छ। उनीहरूलाई आवश्यक परामर्श प्रदान गर्नुका साथै थप परीक्षण तथा सहुलियतपूर्ण उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ।

आधुनिक प्रविधिको प्रयोग गरी सञ्चालन गरिएको उक्त शिविरमा क्यान्सरको प्रारम्भिक परीक्षणसँगै सहभागीहरूलाई आवश्यक १५ प्रकारका औषधि निःशुल्क वितरण गरिएको थियो। यस कार्यक्रमले महिलामा क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।
Quick Info
Event Date 2083/04/16
Category महिला स्वास्थ्य
Join Us Today

Participate in our environmental and empowerment programs by becoming a member.

Become a Member