स्थलगत अवलोकन सञ्चालन मिति: 2083/04/10

NTT DOCOMO Business Engineering Inc.

भिडियो क्लिप (Program Video)

विस्तृत विवरण (Full Description)

जापानको NTT DOCOMO Business Engineering Inc. का प्रतिनिधिमण्डलले बुढानीलकण्ठ नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीको अध्ययन तथा स्थलगत अवलोकन गरेको छ। फोहोर व्यवस्थापनका अभ्यास, चुनौती तथा सम्भावित सहकार्यका क्षेत्रबारे जानकारी लिन आएको प्रतिनिधिमण्डलले नगरपालिकाका दुई वटा फोहोर व्यवस्थापन स्थलको अवलोकन गरेको थियो। अवलोकनका क्रममा नगर प्रमुख मिठाराम अधिकारी तथा उपप्रमुख अनिता लामा को उपस्थिति रहेको थियो। सो अवसरमा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी, दिगो र प्रविधिमैत्री बनाउने विषयमा अनुभव आदान–प्रदान तथा भविष्यमा सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो।
यसै क्रममा वडा नं. २ स्थित जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. द्वारा सञ्चालन भइरहेको पुनःप्रयोगयोग्य (Recyclable) फोहोर व्यवस्थापन प्रणालीको समेत स्थलगत अवलोकन गरिएको थियो। प्रतिनिधिमण्डललाई सहकारीले समुदायसँगको सहकार्यमा सञ्चालन गरिरहेको स्रोतमै फोहोर वर्गीकरण, संकलन, भण्डारण तथा पुनःप्रयोगयोग्य सामग्रीको व्यवस्थापन प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सहकारीले अपनाएको समुदायमा आधारित फोहोर व्यवस्थापन अभ्यास, वातावरण संरक्षणमा पुर्‍याइरहेको योगदान तथा दिगो फोहोर व्यवस्थापनका लागि गरिएका प्रयासहरूको प्रशंसा गर्दै यस्ता अभ्यासलाई थप प्रभावकारी बनाउन ज्ञान, अनुभव र प्रविधिको आदान–प्रदानमार्फत भविष्यमा सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल गरेको थियो।
थप जानकारी (Quick Info)
सञ्चालन मिति 2083/04/10
श्रेणी (Category Group) स्थलगत अवलोकन
हामीसँग जोडिनुहोस्

सहकारीको फोहोर व्यवस्थापन तथा महिला आत्मनिर्भरता कार्यक्रममा सहभागी हुन सदस्यता लिनुहोस्।

सदस्य बन्नुहोस्